“एमालेमाथि चौतर्फी प्रहार विदेशी शक्तिको डिजाइनः युवा नेता बस्नेत”

नेकपा (एमाले) पोखरा महानगर कमिटीका सचिव, युवा नेता सुशील बस्नेतले पार्टी कार्यकर्ताहरूलाई निराशा त्यागेर एकजुट हुन आह्वान गरेका छन्। उनले पार्टीमाथि भइरहेका चौतर्फी प्रहारको सामना गर्दै राष्ट्रियताको रक्षाका लागि अगाडि बढ्न आग्रह गरे। बस्नेतले भने, “यतिबेला निराशा र कुण्ठा छर्ने होइन। पार्टीले के दियो दिएन, त्यो गुनासो गरेर पीडाका कथाहरू सुनाउने बेला होइन। अन्याय र […]

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो। गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै रु एक अर्ब ७६ करोड […]

नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्। पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म […]

जेनजी प्रदर्शन: २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ। सो प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ। कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो […]

सुख्दा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक अवरूद्ध

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको छ। जवाङखोलामा सोमबार मध्यराति सुख्खा पहिरो खसेको र पहिरो खस्ने क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। अहिले उक्त स्थानमा दुईतर्फी नै बाटो अवरूद्ध रहेको धादिङ प्रहरीले जानकारी दिएको छ। राति पहिरो पन्छाउन नसकिने र बिहान उपकरण ल्याइ पन्छाउन […]