बरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आफ्नो साधना नै अन्धोपन निवारण रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चाबिच साेमबार रुइतको यस्तो भनाई आएको हो ।
उनले भने,’मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो ।नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो ।’
उनले सबै आफ्नो पेसा, कर्म र व्यवसायमा इमानदारी पूर्वक लागेमा देशको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने उल्लेख गर्दै आफ्नो पेसा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहने बताए ।