मन्त्रिपरिषद्: अर्थमा रामेश्वर, ऊर्जामा कुलमान, गृहमा ओमप्रकाशलाई जिम्मेवारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञ सामेल गराउने प्रक्रिया सुरु गरेको छ।

पहिलो चरणमा, प्रधानमन्त्री कार्कीले देशका तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको नाम टुंगो लगाएकी छिन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ।

प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी छन्। यसले गर्दा टुंगो लागेका मन्त्रीहरूको भागमा थप मन्त्रालयहरूको जिम्मेवारी पनि पर्न सक्नेछ।

जेन-जी आन्दोलनको दबाबमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिए।