जेन-जी आन्दोलनमा अहिलेसम्म ७२ को मृत्यु, १९१ जना उपचाररत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार सो संख्यामा मृत्यु भएको जानकारी दिएका हुन्। जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन्।

यस्तै विभिन्न अस्पतालमा १९१ जनाको उपचार भइरहेको पनि उनले बताए।

मृतकलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय भएको मुख्य सचिव अर्यालले जानकारी दिए।

प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन्। पद ग्रहण गरे लगत्तै उनले यस्तो निर्णय गरेको अर्यालले बताएका हुन्।