प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। उनी ९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन्। यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरिसकेका छन्। […]

एभरेस्ट महिला भलिबल : १६ मध्ये बाँकी सात खेलको नयाँ मिति तोकिने

जेन–जीको प्रर्दशनको कारण रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेलका लागि नयाँ मिति घोषणा गरिने भएको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्ड हलमा २० भदौदेखि सुरु प्रतियोगिता २४ भदौबाट रोकिएको थियो । आयोजकका तर्फबाट लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाइँले आईतबार विज्ञप्ति जारी गर्दै लिगका बाँकी खेल सञ्चालनका लागि […]

पर्वतीय दौड एक साता पछि सर्यो, अब असोज ११ गते

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ । जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक […]

सुमनाले छोडिन् रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

जेन-जी आन्दोलनमा अहिलेसम्म ७२ को मृत्यु, १९१ जना उपचाररत

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार सो संख्यामा मृत्यु भएको जानकारी दिएका हुन्। जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन्। यस्तै विभिन्न अस्पतालमा १९१ जनाको उपचार भइरहेको पनि उनले बताए। मृतकलाई सहिद घोषणा […]

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। पद ग्रहण गरे लगत्तै उनले जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख दिने निर्णय गरेकी छन्। पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरिन्। कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो। कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएकी छन्।

भाटभटेनीका १६ स्टोर शनिबारदेखि पुन: सञ्चालनमा

भाटभटेनी सुपरस्टोरका १६ स्टोर शनिबारदेखि पुन: सञ्चालनमा आएका छन् । जेन–जी प्रदर्शनका कारण मंगलबारदेखि बन्द रहेका १६ स्टोर सञ्चालनमा आएको भाटभटेनी सुपरस्टोर व्यवस्थापनले जनाएको छ, जसमा उपत्यकाभित्र नौ र उपत्यकाबाहिर सातवटा शाखा छन् । उपत्यकामा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, पाटन, कलंकी, राधेराधे र बालाजु शाखा सञ्चालनमा आएका छन् । त्यसैगरी उपत्यकाबाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, […]

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो। विद्यालयमा कुनै क्षति भए/नभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न […]

सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु

हालैको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पुगेको क्षतिको विवरण संकलन र सफाइ कार्य सुरु भएको छ। आन्दोलनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित एक दर्जनभन्दा बढी महत्त्वपूर्ण सरकारी निकायमा ठूलो क्षति पुर्‍याएको छ। शनिबार बिहानैदेखि विभिन्न मन्त्रालयका कर्मचारीहरू आफ्नो कार्यालयको भग्नावशेषमा उपस्थित भई सरसफाइमा जुटेका छन्। उनीहरूले जलेका र छरपस्ट […]

मन्त्री छान्न भर्चुअल भोटिङ

प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएकी छन्। उनले आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने गरी सरोकारवालासँग शनिबार बिहान र साँझ छलफल चलाएकी थिइन्। शनिबार बिहान केही अगुवा युवाहरूसँगको छलफलपछि प्रधानमन्त्री कार्की आन्दोलनका घाइतेहरूलाई भेट्न काठमाडौका विभिन्न अस्पतालमा पुगेकी थिइन्। त्यसक्रममा उनलाई धेरैले बधाई दिएका थिए। उनले आफूलाई अहिले नभई कार्यकाल सकिएपछि मात्र बधाई दिन […]