भीमफेदी कारागारबाट १२३ फरार कैदीबन्दी पक्राउ, ३१७ जना अझै भेटिएनन्

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मकवानपुरको भीमफेदीस्थित कारागारबाट फरार रहेका ४४० जना कैदीबन्दी मध्ये १२३ जनालाई पक्राउ गरिएको छ । कारागारमा रहेका कुल १ हजार ६६ जना कैदीबन्दी मध्ये भदौ २५ गते बिहान ४४० जना भाग्न सफल भएका थिए ।

फरार भएकामध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिए । अझै पनि ३१७ जना कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।

विवरणअनुसार, हाल कारागारमा जम्मा ७९७ जना कैदीबन्दी रहेका छन्। जसमा अन्य कारागारबाट फरार भई पक्राउ परेका ४८ जना समेत समावेश छन्।