प्रतिनिधिसभा विघटन फिर्ता लिन कांग्रेस एमालेसहित ८ दलको माग

कांग्रेस एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिइ संसद बैठक बाेलाउन माग गरेका छन् । रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।

रविले भने- ‘अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार फर्कँदैछु’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आफूमाथि अन्याय नहुने आशासहित पुनः कारागार जान लागेको बताएका छन्। शनिबार आफ्नो जन्मदिनकै दिन एक भिडियो सन्देश जारी गर्दै उनले नवनियुक्त प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै आफूमाथि लागेका मुद्दाहरूको न्यायिक निरुपणको सामना गर्न तयार रहेको बताए। साथै, उनले देशको विषम परिस्थितिलाई सम्बोधन गर्न अन्तरिम सरकारसमक्ष पाँच-बुँदे माग […]

कञ्चनपुरमा कर्फ्यु हट्यो, आइतबार बिहान ५ बजेसम्म निषेधाज्ञा

मंगलबार कञ्चनपुरमा जेनजी आन्दोलन उग्र हिन्सात्मक नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा र कर्फ्यु जारी गरेको आदेश क्रमिक रुपमा हट्दै गएको छ । २४ भदौँ बिहान ११बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको थियो । सोही दिन राती १० बजेदेखि कफ्यु सहित नेपाली सेनाले देशभरको सुरक्षा जिम्मा लिएको थियो । पुर्व प्रधानन्यायाधिश शुशिला […]

काठमाडौं महानगरभित्रका बिद्यालयहरुमा भोलि शिक्षकहरू हाजिर हुने, पर्सिबाट पठनपाठन

काठमाडौं महानगरपालिकाले पर्सि (सोमबार) बाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । गत २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरू सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ । विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका […]

देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको पनि बताएका छन् ।  देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नुपर्नेमा उनको जोड छ । घिसिङले थप भनेका छन्– ‘जेन्जी […]

देउवा दम्पतीमाथि गरिएको हातपात र लुटपाटलाई जघन्य अपराधमा राख्छु : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देउवा दम्पतीमाथि गरिएको हातपात र लुटपाट जघन्य अपराध भएको बताएका छन्। उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवामाथि घरमा बसिरहेको समयमा गरिएको हातपात र लुटपाटलाई आफूले जघन्य अपराधको कोटीमा राखेको बताएका हुन्। देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको बताउँदै शेखरले भने, ‘नेपाली […]

पोखराका मेयरद्वारा दुःख व्यक्त र शान्ति कायम राख्न आह्वान

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हालैको ‘जेन-जी’ आन्दोलन, जसमा उनको व्यक्तिगत निवासमाथि पनि आक्रमण भएको थियो, त्यस विषयमा सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। पोखरामा भएको हिंसा र क्षतिप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन्। पोखराका मेयर धनराज आचार्यले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई धैर्य र शान्ति कायम राख्न आग्रह […]

भीमफेदी कारागारबाट १२३ फरार कैदीबन्दी पक्राउ, ३१७ जना अझै भेटिएनन्

मकवानपुरको भीमफेदीस्थित कारागारबाट फरार रहेका ४४० जना कैदीबन्दी मध्ये १२३ जनालाई पक्राउ गरिएको छ । कारागारमा रहेका कुल १ हजार ६६ जना कैदीबन्दी मध्ये भदौ २५ गते बिहान ४४० जना भाग्न सफल भएका थिए । फरार भएकामध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिए । अझै पनि ३१७ जना कैदीबन्दी […]

घर जलेपछि पूर्वमन्त्री श्रेष्ठ भन्छन्– ‘भ्रष्ट्राचारी प्रमाणित भए म आफै जल्न तयार छु’

पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठले जेनजीको आन्दोलनमा घर जलाउनेहरूले भ्रष्ट्राचारी प्रमाणित गर्न सके आफै जल्न तयार भएको बताएका छन् । जेनजीका आन्दोलनकारीले मंगलवार श्रेष्ठको सिमरा स्थित निवास, आधा दर्जन सवारी साधन र व्यवसायमा तोडफोड र आगजनी गरेर ध्वस्त पारेका छन् । श्रेष्ठले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्ने षडयन्त्रकारी दलालहरूलाई नछोड्ने बताएका […]

आजको यी प्रदेशमा पर्नेछ भारी वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज […]