नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारत सरकारले बधाई दिएको छ।
भारतीय विदेश मन्त्रालयले औपचारिक रुपमा प्रेस नोट प्रकाशित गर्दै बधाई दिएको हो।
उसले भनेको छ,‘हामी नेपालमा सम्माननीय श्रीमती सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं। हामी आशावादी छौं कि यसले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्नेछ।’
प्रतिनिधि सभा विघटनसहित नयाँ चुनावी सरकारको नेतृत्वमा आएकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई शुभकामनाका क्रममा भारतले थप भनेको छ,‘नजिकको छिमेकी, एक सह–लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा, भारतले हाम्रा दुई जनता र देशहरूको कल्याण र समृद्धिको लागि नेपालसँग नजिकबाट काम गरिरहनेछ।’