नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन्।

छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो ।

अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो ।

पुन: स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।