एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक गरिएको छ । इन्फिनटी ड्रिम्स प्रालिको आयोजनामा २० देखि २८ भदौसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा सञ्चालन हुने दोस्रो संस्करणको प्रतियोगिताको ट्रफी पोखराको फेवातालस्थित बाराहीघाटमा बुधबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले ट्रफी सार्वजनिक गरेका थिए । कार्यक्रममा पोखरा निन्जाजबाट सहभागी टिमका खेलाडीहरूलाई स्वागत […]
दूध किसानको आन्दोलन स्थगित

लामो समयदेखि दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता भुक्तानीको माग सम्बोधन भएसँगै उनीहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ। बुधबार सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन्। केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन लगायत संस्थाहरूले किसानको अर्बौँ बक्यौता […]
अख्तियारको कर्मचारी बनेर एक करोड माग्ने दुई जना पक्राउ

अख्तियारको कर्मचारी बनेर एक करोड माग्दै धम्काउने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डोल्पा घर भएका २७ वर्षिय लक्ष्मण पनेरु र झापाका ५४ वर्षिय विनोद साहलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो । एक व्यवसायीलाई फोन गरी पनेरुले आफु अख्तियारको कर्मचारी भएको र नक्कली नागरिकताको विषयमा उजुरी परेको भन्दै एक करोड […]
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन्। छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो । अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो । पुन: स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने […]
पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो । माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो । घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि पुतलीसडक […]
एभरेस्ट महिला भलिबल लिग, कर्णालीले पोखराको सामना गर्ने

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को उद्घाटन खेलमा साबिक विजेता कर्णाली यसविसले पोखरा निन्जाजको सामना गर्नेछ । पोखरामा आयोजना हुने लिग शुक्रबारदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो दिनअन्तर्गत दोस्रो खेलमा साबिक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबिच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने लिग २८ भदौसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा चल्नेछ । प्रतियोगितामा कर्णालीसहित ललितपुर, काठमाडौं स्पाइकर्स, […]
बि.पि.नगरमा इलाका प्रशासन कार्यालयको स्थापनाले त्यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित

बि.पि.नगरमा इलाका प्रशासन कार्यालयको स्थापनाले त्यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित डोटी जिल्लाको बि.पि.नगरमा काँग्रेस नेता पदम राज जोशीले २०५६ साल चैत्र २६ गते महामानव बि.पि. कोइरालाको नामबाट घोडिलासलाई बि.पि.नगर बनाउन जसरी उहाँ सफल हुनूभयो त्यसै गरी त्यस क्षेत्रको हरेक शिक्षा, स्वास्थ्य, यातायात बिकासको काममा सधै अग्रसर रहनुहुन्छ । निरन्तर संघर्ष र समाजसेवाबाट बि.पि.नगरमा जन्तालाई प्रत्यक्ष […]
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चाकको तालामाराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन । मंगलबार दोलखा र गोरखामा पनि भूकम्प गएको थियो ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन […]