बि.पि.नगरमा इलाका प्रशासन कार्यालयको स्थापनाले त्यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बि.पि.नगरमा इलाका प्रशासन कार्यालयको स्थापनाले त्यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित

डोटी जिल्लाको बि.पि.नगरमा काँग्रेस नेता पदम राज जोशीले २०५६ साल चैत्र २६ गते महामानव बि.पि. कोइरालाको नामबाट घोडिलासलाई बि.पि.नगर बनाउन जसरी उहाँ सफल हुनूभयो त्यसै गरी त्यस क्षेत्रको हरेक शिक्षा, स्वास्थ्य, यातायात बिकासको काममा सधै अग्रसर रहनुहुन्छ । निरन्तर संघर्ष र समाजसेवाबाट बि.पि.नगरमा जन्तालाई प्रत्यक्ष लाभ पुग्ने बिषयमा उहाँ तल्लिन रहदै आउनुभएको छ । हाल बि.पि.नगरमा इलाका प्रशासन कार्यालय राख्दा बोग्टान, जोरायल र बडिकेदारका स्थानीय जन्ताहरु जे सहज ढंगले प्राप्त गर्न सक्दैनथे र नागरिकता लगायतका अन्य प्रशासनिक कामका लागि सदरमुकाम सिलगढी जान धेरै अफठयारो हुने हुदा सो समस्यालाई सहज बनाउन पनि बि.पि.नगरमा इलाका प्रशासन कार्यालय हुन आवश्यक छ भनी २०७८ सालदेखि सम्बन्धित निकायसँग अनयबिनय गरी हालका गृह मन्त्रि, मुख्य सचिव, गृह सचिव, गृह प्रशासन प्रमुख, डोटी जिल्ला प्रशासन प्रमुखज्यूसंग तत्सम्बन्धमा उहाँले खेलेको भूमिका बर्षौ दिनदेखी नागरिकता नपाई बच्चित रहेका जनतालाई समेत प्रत्यक्ष लाभ पुग्न जाने भएको छ । राजनीतिक रंग दिएर कसैले यसमा बढपन देखाउनु नैतिकताको दृष्टिमा त्यति सार्न्दभिक नहोला की ।

बडिकेदार, बोगटान, फुडसिल, जोरायल गाउपालिकाका पदाधिकारीज्यू र राजनितिक कर्मिहरुबाट उहाँलाई पुग्न गएको सहयोग प्रसंसनिय नै मान्नु पर्दछ ।

३ बर्षस देखि उहाँबाट निरन्नतर रुपमा भए गरेको कार्य कसैको मानसपटलबाट लुक्न सक्दैन, उहाँले यो क्षेत्रलाई सामाजिक सेवाको रुपमा सधै जन्ताको दुखसुखमा साथ दिएको यो ज्वलन्त उदाहरण पनी हुन गएको छ ।लेखक,सौगात थापा कैलाली