तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा १४ भाद्र “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सम्पन्न भएको छ ।

टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीको मुख्य प्रायोजनमा ४ भाद्रदेखि सुरु महोत्सव समापन समारोहमा विभिन्न प्रतियोगताका विजेताहरुको घोषणा सगै पुरस्कार वितरण गरिएको थियो ।
विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय, आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

महोत्सव अर्न्तगत आयोजना गरिएको तीजगीत प्रतियोगितामा सहनसिल दिदिवहिनी समूह पोखरा २२ प्रथम, पोखरा नसिङ्ग क्याम्पस समूह दोस्रो, कमल जैसी आमा समुहले तेस्रो स्थान हात पार्दा उर्जासिल दिदीवहिनी समूह पोखरा १० र एकलधारा सृजनशिल मिलन समाज पोखरा ४ ले सान्तवना स्थान हात पारे । प्रतियोगितामा उत्कृष्ट भेषभूषा वैशि क्षेत्र दिदीवहिनी समुह, उत्कृष्ट शब्द मिलीजुली आमा समूह, उत्कृष्ट नृत्य कास्कीकोट दिदिवहिनी समूह र विशेष सहभागिताको पुरस्कार राष्ट्रिय मा.वि. कक्षा ४ समूहले हात पारे ।

एकल नृत्यतर्फ सृष्टी गुरुङ प्रथम, पद्मा पौडेल दोस्रो, दिया गुरुङ तेस्रो र सृष्टी सुनारले सान्तवना स्थान हात पारिन । ढिकी जाँतोतर्फ हुमकला आर्चायको समूह प्रथम, विजया अधिकारीको समूह दोस्रो, चन्द्रा अधिकारीको समूह तेस्रो र सर्मिला तामाङको समूहले सान्त्वना स्थान हात पारे । छेलोतर्फ दुजिक थापा मगर प्रथम, मिलन सुनार दोसो सञ्जय अडाइ मगरले तेस्रो स्थान हात पारे ।
विजेतामध्ये तिज गितमा प्रथम हुनेले ३४ हजार ४४४, देस्रोले २० हजार ४४४, तेस्रोले १० हजार ४४४, सान्त्वनाले पाँच हजार ४४४, उत्कृष्ट भेषभुषा, शब्द, नृत्य र विशेष सहभागिताले तीन हजार ४४४ नगद पुरस्कार पाए । एकल नृत्य, ढिकी जाँतो र छेलोतर्फ जनही प्रथमले १२ हजार ४४४, दोस्रोले सात हजार ४४४, तेस्रोले पाँच हजार ४४४ र सान्त्वनाले तीन हजार ४४४ नगद पुरस्कार पाए ।

यसै गरि महोत्सव उद्घाटन पुर्व निकालिएको प्रभातफेरीमा बगर तमु समाज पोखरा १ बगरले झाँकी, मिरुवा तमु समाज पोखरा २ . मिरुवाले भेषभुषा र अभियान आमा समुह पोखरा पोखरा १ लामपाटनले उत्कृष्ट आमा समूह घोषित हुदै जनही पाँच पाँच हजार नगद पुरस्कार पाए ।

महोत्सव सम्पन्न गर्न टुर्बोग वियरले सह प्रायोजन सगै गृहलक्ष्मी ग्यास, कर्मा ईन्टरनेश्नल ईम्पोल्यमेन्ट प्रालि काठमाण्डौले उप प्रायोजन गरेका थिए । यसै गरि बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैक र सालिको इन्स्यूरेन्सले प्रायोजन, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग, सामाजिक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र पोखरा १, २, ३ वडा कार्यालयले प्रवद्धन गरेको महोत्सव सम्पन्न गर्न गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकाश बैंक, गौतम स्याङ्गजा सुन चाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक बिद्यालय, पराजुली आयल स्टोस पोखरा १, कुवँर हार्डवयर, लान्दुक पेट्रोलियम प्रा.लि, पोखरा इन्टरनेट, निचि वेवि चिप्लेढुङ्गाले सहयोग गरेका थिए ।

१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ४० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल सगै वाल उद्यान रहेका थिए । त्यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती समेत रहेको थियो ।

ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवर्द्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सप आयोजना गरिएके आयोजक केन्दैका उपाध्यक्ष निरज विक्रम राणाले जानकारी दिए । महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६५ लाख ४० हजार खर्च, चार लाख ४० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक केन्द्रका कोषाध्यक्ष एंव महोत्सव लेखा तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक वेद प्रसाद वस्तीले जानकारी दिए ।