नेपाल आइडल सिजन ६ को फिनाले आज, कसले जित्ला उपाधि?

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले (अन्तिम प्रतिस्पर्धा) आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा साँझ ५ बजेदेखि सुरू हुने समारोहमा नेपाल आइडलको छैटौं सिजनको विजेता घोषणा गरिनेछ। यसअघिका सिजनमा फिनालेमा चार जनाबीच प्रतिस्पर्धा हुने गरिएकोमा यस पटकको सिजनमा पाँच जना प्रतिस्पर्धीहरू फिनालेमा पुगेका छन्। अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), […]
रूपन्देही-३ मा रास्वपाका उम्मेदवार लेखजंगलाई बनाउने घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर ३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी रास्वपाका उपसभापति डिपी अर्यालले थापालाई लेखजंगलाई बनाउने घोषणा गरेको हो। रास्वपाले प्राइमरी इलेक्सन गरी उम्मेदवार छानेको बताएको छ। ९ जना उम्मेदवार बन्न आकांक्षी थिए। त्यसमध्ये लेखजंगलाई उम्मेदवार बनाएको हो। भैरहवाका लेखजंग वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता […]
तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव सम्पन्न

पोखरा १४ भाद्र “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सम्पन्न भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले […]
खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराईसहित १३ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। हलेसी तुवाचुङ नगरपालिका-४ को लक्ष्मी माध्यामिक विद्यालयको भवन निर्माणमा ३० लाख बजेट निकासा भए पनि २ लाख ७२ हजार ३२८ हजार बराबरको मात्र काम […]
प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटेका छन्। उनीहरूबीच आइतबार थियानजिनमा भेटवार्ता भएको हो। भेटको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन्। भेटबारे मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’ यसअघि प्रधानमन्त्री ओलीले शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।
पोखराको न्युरोडबाट सामसुङ प्लाजा सञ्चालन

पोखराको न्युरोडमा सामसुङ प्लाजा सञ्चालनमा आएको छ । आइतबार पोखरामा सामसुङको नेपालका लागि आधिकारीक विक्रेता हिम इलेक्ट्रोेनिक्स प्रालिले शाखा सञ्चालनमा ल्याएको हो ।कम्पनिकी निर्देशक सिमा गोल्छाले सामसुङका उत्पादनको बढ्दो मागलाई पुरा गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले प्लाजा खोलिएको बताइन् । महेन्द्रपुलमा १३ वर्षदेखि व्यापरा गर्दै आएका सामसुङ प्लाजाका सञ्चालक जनपुकार […]
परीक्षा केन्द्रमा बम राखेको हल्ला फैलाउने व्यक्ति पक्राउ

एक परीक्षा केन्द्रमा बम रहेको भनेर हल्ला फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्। शुक्रबार कुलेश्वरको जनमैत्री माविमा बम राखिएको भन्दै अफवाह फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। महोत्तरी घर भई कीर्तिपुर बस्दै आएका ३८ वर्षीय जयरूद्र झा पक्राउ परेका हुन्। प्रहरीको कन्ट्रोल नम्बर […]
झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताएका छन् । आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको बताए । ‘नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमिमा […]
अस्ट्रेलिया नेपाल चेम्बर अफ कमर्सले गर्यो बहुसांस्कृतिक केन्द्रलाई १० हजार अस्ट्रेलियन डलर सहयोग

नेपाली बहुउद्देश्यीय केन्द्रले आयोजना गरेको “सिड्नी आध्यात्मिक महोत्सव – २०२५” को अन्तिम दिनमा, अस्ट्रेलिया नेपाल चेम्बर अफ कमर्सले GSNMC Inc. (Global Spiritual and Nepali Meditation Centre) लाई १०,००० अस्ट्रेलियन डलरको सहयोग प्रदान गरेको छ, जुन चेमवर्सले CSR अन्तर्गत प्रदान गर्नेछ। चेम्बरका अध्यक्ष प्राध्यापक डिला खरेल, उपाध्यक्ष अनन्तराज घिसिङ, युवा अगुवा अभिबिन्द खनिया र मिडिया व्यक्तित्व […]
प्रधानमन्त्री ओलीले गरे चाउ सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् । त्यसअघि ओलीले चीनको जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेक छन् ।प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको […]