अस्ट्रेलिया नेपाल चेम्बर अफ कमर्सले गर्यो बहुसांस्कृतिक केन्द्रलाई १० हजार अस्ट्रेलियन डलर सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली बहुउद्देश्यीय केन्द्रले आयोजना गरेको “सिड्नी आध्यात्मिक महोत्सव – २०२५” को अन्तिम दिनमा, अस्ट्रेलिया नेपाल चेम्बर अफ कमर्सले GSNMC Inc. (Global Spiritual and Nepali Meditation Centre) लाई १०,००० अस्ट्रेलियन डलरको सहयोग प्रदान गरेको छ, जुन चेमवर्सले CSR अन्तर्गत प्रदान गर्नेछ।

चेम्बरका अध्यक्ष प्राध्यापक डिला खरेल, उपाध्यक्ष अनन्तराज घिसिङ, युवा अगुवा अभिबिन्द खनिया र मिडिया व्यक्तित्व श्री भट्टाले उक्त सहयोग महोत्सवको मुख्य मंचमा सयौंको उपस्थितिमा संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

यस ऐतिहासिक योगदानले प्रवासी नेपाली समुदायमा आध्यात्मिकता, संस्कृति र युवा सशक्तिकरणप्रति प्रतिबद्धता झल्काएको छ।

सिड्नी आध्यात्मिक महोत्सव २०२५ : संस्कृति र अध्यात्मको संगम

“Stand With Us – Be a Proud Member of This Movement” भन्ने नारासहित अगस्ट २८ देखि ३१ सम्म आयोजित महोत्सवमा दैनिक पूजा–भजन, प्रवचन, सांस्कृतिक कार्यक्रम, नृत्य, युवा नेतृत्व तथा समुदाय निर्माण सम्बन्धी कार्यशाला, आध्यात्मिक स्टल र नेपाली परिकारका गतिविधिहरू समेटिएका थिए।अगस्ट ३१ मा गरिएको १०,००० डलरको सहयोगले GSNMC को विस्तार र मिशनलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अध्यक्ष प्रा. डिला खरेलले सम्बोधन गर्दै भने: “यो सहयोग केवल आर्थिक मात्र होइन, भावनात्मक पनि हो। यो हाम्रो मूल्य, हाम्रो आस्था र भविष्य पुस्ताप्रति गरिएको प्रतिबद्धता हो। समुदायलाई एकतामा बाँध्ने संस्थालाई सशक्त बनाउनै पर्छ।”

उनीसंगै उपाध्यक्ष अनन्त राज घिसिंग, युवा नेता अभिबिन्द खनिया र मिडिया व्यक्तित्व श्री भट्टाको उपस्थितिले पुस्तान्तरणीय सहकार्य र साझा दृष्टिकोणलाई उजागर गरेको थियो।

योगदानका प्रमुख पात्रहरू

प्रा. डिला खरेल – वित्तीय सल्लाहकार र सामुदायिक नेता
खरेल अस्ट्रेलियामा वित्तीय सल्लाह, कर तथा व्यवसाय परामर्शमा स्थापित नाम हुन्।उनी अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्समार्फत द्विपक्षीय व्यापार प्रवर्द्धनमा सक्रिय छन्।

अनन्तकुमार घिसिङ – उपाध्यक्ष, लगानी तथा सामाजिक अभियन्ता
एडिलेडस्थित NEPCO Group का CEO, जो कृषि, जग्गा–सम्पत्ति विकास, हरित ऊर्जा, पर्यटन र स्वास्थ्य क्षेत्रमा सक्रिय छन्।

अभिबिन्द खनिया – युवा नेता र पेजेन्ट निर्देशक
Mr. Teen Nepal २०१७ बाट यात्रा सुरुवात गरेका खनिया, राष्ट्रिय स्तरका विभिन्न सौन्दर्य प्रतियोगिताका निर्देशक, एसियाका टप आउटस्टान्डिंग मेन २०२५, बहस प्रशिक्षक तथा उद्यमी हुन्। सिड्नी महोत्सवमा उनको सक्रिय सहभागिता नयाँ पुस्ताका जिम्मेवार नेताको रूपमा उदाउँदो भूमिकाको संकेत हो।

श्री भट्ट – मिडिया व्यक्तित्व र सामुदायिक सहयोगी
“Australia मा Meme” तथा विभिन्न मिडिया ग्रुप र  पेजमार्फत निरन्तर रूपमा सामाजिक गतिविधिमा साथ दिँदै आएका भट्टाले प्रवासी नेपाली समाजमा सामूहिक योगदानको भावना उजागर गर्दै आएका छन्।