महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन: उपप्रमुख डंगोल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छिन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर डङ्गोलले यस्तो सुझाव दिएकी हुन् । महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गरिन् । उनले कानुनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्न पनि आग्रह गरिन् ।  उनले काठमाडौँ महानगरपालिकामा सुशासन स्थापना गर्नको लागि उदाहरण बन्नको लागि पनि सबै नगर प्रहरीलाई आग्रह गरिन् ।