लुना लुँइटेल बनिन् ‘मिस नेपाल २०२५’

लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै लुना मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज पहिराएकी थिइन् । यस्तै, मिस नेपाल अर्थ सोनी घले भइन् । मिस नेपाल इन्टरनेसनको ताज भने उरूषा भण्डारीले जितिन् […]

पोखरामा ‘राष्ट्रिय घर निर्माण फेस्ट २०८२’ सम्पन्न: ६ हजारभन्दा बढी दर्शकको सहभागिता

पोखरा,  – घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले पोखरामा आयोजित ‘राष्ट्रिय घर निर्माण फेस्ट २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ। पोखराको अमरसिंह चौरमा भदौ १४ र १५ गते दुई दिनसम्म चलेको यो फेस्ट स्किल सेवा नामक संस्थाले आयोजना गरेको हो। पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको यस फेस्टमा अनुमानित ५ हजार दर्शकको अपेक्षा […]

गण्डकीबाट प्रतिनिधित्व गर्ने युवा संघ नेपाल आयोजक कमिटी सदस्यहरूको बैठक सम्पन्न

युवा संघ नेपाल नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने आयोजक कमिटी सदस्यहरूको बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रदेश कमिटी इन्चार्ज सुष्मा कट्टेलले गर्नुभएको थियो भने पार्टी केन्द्रीय कमिटीका सचिव श्रीनाथ बराल, दिलु पन्त, कृष्ण नेपाली, धर्म शाही, ठाकुर प्रसाद शर्मा, खड्ग हमाल, बिराज हमाल, विवेक भुजेललगायत नेताहरूको उपस्थिति रहेको थियो। बैठकले […]

साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

गत असार २४ बिहान ३  बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे। त्यो दिन विसं २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो। उनले फेरि भूकम्प गयो भन्ने सोँचे। यी कुरा मनमा खेलाउन नपाउँदै खोला गडगडाएको सुनियो। ‘बेस्सरी जमिन हल्लाइरहेको थियो, मैले त […]

गौरा पर्व : सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् ।साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्राचीन […]

महानगर प्रहरीको काम देख्दा हलिउड सिनेमा हेरेजस्तो लाग्छ: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन्। ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताएका हुन्। ‘सानोमा हामी हलिउड फिल्महरु हेर्थ्यौं। त्यसमा न्यूयोर्क सिटी पुलिसको काम हेर्दाखेरी देशका सिटी पुलिस कस्तो […]

ऐनले शिक्षक र कर्मचारीको मन चिसो नबनाओस्

भनिन्छ — कुनै पनि देशको शासन, विकास र सेवा प्रवाहको स्तर त्यो देशको शिक्षाको गुणस्तरभन्दा माथि हुन सक्दैन। राज्यको पुनर्संरचनामार्फत शिक्षामा अपेक्षा गरिएको नयाँ संरचना, नीति र विधि कार्यान्वयन गर्न विद्यालय शिक्षा ऐन जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अस्वाभाविक विलम्ब, आन्दोलन र सम्झौताको लामो यात्रापछि संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको पूर्ण बैठकमा […]

महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन: उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छिन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर डङ्गोलले यस्तो सुझाव दिएकी हुन् । महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि […]

भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत

वासिङ्टन डीसी । अमेरिकी  अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो ।हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भएपनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम रहने जनाएको […]

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएकाले उनको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। प्रधानमन्त्र ओली भदौ १८ गते स्वदेश फर्कनेछन्।