कार अनियन्त्रित भएर रूखमा ठोक्किँदा डाक्टरको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ।

दुर्घटनामा कार चालक डा. विप्लव भट्टको मृत्यु भएको हो।

शनिबार बिहान साढे १ बजे भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट  विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए।

घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो।