पृथ्वी राजमार्ग सुक्खा पहिरो खसेका कारण अबरुद्ध भएको छ ।
राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।