आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।