वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा संगै नियुक्त भएका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेकै दिन ब्याची अर्का एआईजी कृष्णहरि शर्मा पोखरेललाई भने नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयबाट बिदाइ भएका छन्।
नवनियुक्त आइजीपी चन्द्रकुवेर खापुङको आउने भदौ १९ गतेदेखि सेवा अवधिकाकारण कार्तिक २७ गतेसम्म आफ्नो कार्यकाल रहनेछ , वर्तमान आइजीपी दिपक थापा आउने भदौ १८ गतेदेखि अवकाशमा जादैछन। अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मा प्रहरीर्मा उमेर हदका कारण भदौ १५ गतेबाट सेवा निवृत्त हुन लागेका थिए। १५ गते शनिबार नेपालमा सार्वजनिक बिदा भएका कारण नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयमा एक बिदाइ समारोहको आयोजना गरेर अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मा बिदाइ गरेको हो।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक शर्मालाई एउटा मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।