निमित्त प्रमुख रहँदा सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने नापी अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

उनीविरूद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनले निमित्त कार्यालय प्रमुख रहँदा विभिन्न व्यक्तिहरूलाई प्रभावमा पारेर सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा गरेको अख्तियारको आरोप छ।

अख्तियारका अनुसार २०५३ असार १३ गतेदेखि ०८१ असार १६ गतेसम्म रहँदा उनको व्यक्तिगत कारोबार मात्रै  १४ करोड ८३ लाख ५७ हजार ८८४ रूपैयाँ  देखिएको छ।

त्यसबाट ९ करोड ३ लाख ९५ हजार ४४४ रूपैयाँमा वैध आय आर्जन गरेको देखिएको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

 

यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पति श्रीमती गायत्री यादव, छोराहरू सुधान्सु र शुभम नाममा खरिद गरेको समेत अख्तियारले फेला पारेको छ।

अख्तियारले उनीहरूलाईसमेत प्रतिवादी कायम गरी मुद्दा दर्ता गरेको बताए।