हिमालयन जाभामा एनआइबिएल इक्विटी पार्टनर्सको २८.८ प्रतिशत लगानी, विश्व बजारमा विस्तारको तयारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एनआइबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कम्पनीमा २८‍‍.८ प्रतिशत हिस्सेदारी लिँदै लगानी गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा एनआइबिएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो।

एनआइबिएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गरे।

‘हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौं र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता समेत हो,’ उनले भने।

उक्त अवसरमा हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआइबिएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राखे।

‘यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो, स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौं,’ उनले भने।

यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने रहेको छ।

जसको थालनी एसिया र अष्ट्रेलियाबाट हुनेछ। यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ।

नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआइबिएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ ।