दुइटा मोटरसाइकल ठोक्किँदा स्ववियु अध्यक्षसहित दुई जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दोलखामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार राति ९ बजे दोलाखाको भिमेश्वर नगरपालिका-६ रमितेडाँडास्थित लामोसाँघु-जिरी सडक खण्डमा बा.प्र ०२-०३४ प ३२४२ र  बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई च्छो-रोल्पा अस्पताल चरिकोट पठाइएको थियो। अस्पताल पुर्‍याउँदै दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका-५ माटीका २४ वर्षीय सिरिष बस्नेत र बैतेश्वर गाउँपालिका- ३ मिर्गेका २६ को सुजन भन्ने श्याम बहादुर  खत्री छन्।

बस्नेत दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष हुन्। चैतमा भएको स्ववियू निर्वाचनमा उनी एमालेनिकट अनेरास्ववियुबाट अध्यक्ष निर्वाचित भएका थिए।

 

दुर्घटनामा एक जना सामान्य घाइते छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।