हाजिरी जमानीमा छुटे: एमाले केन्द्रिय सदस्य ऐन महर

नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्।विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसूर गरेको आरोप लागेका महर बुधबार अपराह्न हाजिर जमानीमा छुटेका हुन्। सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बयान लिने काम सकेपछि उनलाई हाजिर जमानीमा राखिएको जानकारी दिए। २९ वर्षीया युवतीले आफ्नो चरित्र हत्या […]
आज विश्व ताल दिवस

पारिस्थितिक प्रणालीको संरक्षण, पुन:स्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसंघीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तर्राष्ट्रिय […]
दुइटा मोटरसाइकल ठोक्किँदा स्ववियु अध्यक्षसहित दुई जनाको मृत्यु

दोलखामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार राति ९ बजे दोलाखाको भिमेश्वर नगरपालिका-६ रमितेडाँडास्थित लामोसाँघु-जिरी सडक खण्डमा बा.प्र ०२-०३४ प ३२४२ र बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई च्छो-रोल्पा अस्पताल चरिकोट पठाइएको थियो। अस्पताल पुर्याउँदै दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी […]
आज गणेश चौथी, भगवान गणेशको विशेष पूजा आराधना गरिँदै

अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व बुधबार मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा बुधबार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको […]
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। बुधबार बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको […]