पोखरा ४ भाद्र “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सुरु हुदैछ ।
टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीको मुख्य प्रायोजनमा १४ भदौसम्म संचालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।
महोत्सव उद्घाटन पूर्व पुरानो टुँडिखेलबाट विभिन्न संघ संस्था, आमा समुह, विद्यालय, जातजाति लगायतको सहभागितामा झाकी सहितको र्याली निकालिने भएको छ । टुँडिखेलबाट सुरु हुने र्याली हरिचोक, सिम्पानी चोक, माछापुच्छ्रे बैँक चोक, गणेश मेडिकल हल चोक, जिल्ला शिक्षा कार्यालय अगाडी, पृथ्वी नारायण क्याम्पस, ट्रयाक्सी चोक, बागवजार ठाडो लाईन हुदै बिन्ध्यवासिनी मन्दिर परिक्रमा गरि हरिचोक हुँदै पुनः मेला सञ्चालन स्थल टुँडिखेलमा आएर समापन हुने संयोजक पदम बहादुर गुरुङले जानकारी दिए । र्यालीमा सहभागि समुह मध्ये सवैभन्दा बढी उपस्थित हुने, उत्कृष्ट भेषभूषा र सर्वोत्कृष्ट झाँकी लाई नगद सहित पुरस्कृत गरिने छ ।
महोत्सव सम्पन्न गर्न टुर्बोग वियरले सह प्रायोजन सगै गृहलक्ष्मी ग्यास, कर्मा ईन्टरनेश्नल ईम्पोल्यमेन्ट प्रालि काठमाण्डौले उप प्रायोजन गर्ने भएका छन् । यसै गरि बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैक र सालिको इन्स्यूरेन्सले प्रायोजन, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग, सामाजिक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र पोखरा १, २, ३ वडा कार्यालयले प्रवद्धन गर्ने महोत्सव सम्पन्न गर्न गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकाश बैंक, गौतम स्याङ्गजा सुन चाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक बिद्यालय, पराजुली आयल स्टोस पोखरा १, कुवँर हार्डवयर, लान्दुक पेट्रोलियम प्रा.लि, पोखरा इन्टरनेट, निचि वेवि चिप्लेढुङ्गाले सहयोग गर्ने भएका प्रायोजक समन्वय उपसमितिका संयोजक बालकृष्ण कोईरालाले जानकारी दिए ।
१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ४० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहनेछन् । यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ् । व्यापारिक र रेष्टुरेन्टका सम्पुर्ण स्टलहरु बुकिङ भै सकेको अध्यक्ष अधिकारीले जानकारी दिए । महोत्सवमा खुल्ला मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला तिज गित गृहिणी एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरिने उनले जानकारी दिए ।
जस अर्न्तगत तिज गित प्रतियोगितामा प्रथम हुनेले ३४ हजार ४४४, द्घितियले २० हजार ४४४, तृतियले १० हजार ४४४, सान्त्वनाले पाँच हजार ४४४, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ४४४, एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले १२ हजार ४४४, द्घितियले सात हजार ४४४, तृतियले पाँच ४४४, सान्त्वनाले तीन हजार ४४४, छेलोतर्फ प्रथमले १२ हजार ४४४, द्घितियले सात हजार ४४४, तृतियले पाँच हजार ४४४ र ढिकि जातोतर्फ प्रथमले १२ हजार ४४४, द्धितियले सात हजार ४४४, तृतियले पाँच हजार ४४४ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए ।
ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवर्द्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित आयोजना गर्न लागिएको महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६५ लाख ४० हजार खर्च, चार लाख ४० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक केन्द्रका कोषाध्यक्ष एंव महोत्सव लेखा तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक वेद प्रसाद वस्तीले जानकारी दिए ।