“डिजिटल लर्निङको सहायताले शैक्षिक गुणस्तर र नतिजा सुधार्न मेयर आचार्यको निर्देशन”

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा उत्कृष्ट बनाउन प्रध्यानाध्यापकहरुलाई निर्देशन दिनुभएको छ । उहाँले अब नगरबासीले आफ्ना छोराछोरीलाई निजीभन्दा सामुदायिक विद्यालयमा राम्रो शिक्षा पाइन्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नुभयो । पोखरा महानगर क्षेत्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुका लागि आयोजित डिजिटल लर्निङ अभिमुखीकरण कार्यक्रममा बोल्दै मेयर आचार्यले यस्तो […]

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव शुक्रबारदेखि पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

पोखरा ४ भाद्र “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सुरु हुदैछ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीको मुख्य […]

समानता, सशक्तिकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई प्रोत्साहित गर्नुपर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले समानता, सशक्तिकरण र सम्भावनाका विषयहरूमा महिला प्रहरीलाई विशेष ढंगले प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै उनले सबै सम्भावनामा महिला प्रहरी कर्मचारीलाई समाहित गर्नुपर्ने बताए। ‘सबै सम्भावनामा महिलाहरूलाई समाहित गर्न तीन ‘स’ (समानता, सशक्तिकरण र सम्भावना) को नीति अवलम्बन गरिनुपर्छ,’ उनले भने, ‘मुद्दा र नीतिहरूमा […]

लेकसाइडमा भदौ १० र ११ गते टेवानको ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ । संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो । महोत्सवको […]

अस्ट्रेलियामा देशव्यापी हुन लागेको प्रदर्शनलाई एनआरएनएले भन्यो- सामाजिक सद्भावको मान्यता विपरीत

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आगामी अगष्ट ३१ तारिख (भदौ १५ गते) देशव्यापी हुन लागेको ‘मार्च फर अस्ट्रेलिया, अस्ट्रेलिया फर्स्ट’ नामक प्रदर्शन र र्‍यालीको विरोध गरेको छ। आप्रवासन विरोधी भावना र विभाजनलाई प्रवर्द्धन गर्ने यी र्‍यालीहरू अस्ट्रेलियालाई परिभाषित गर्ने बहुसांस्कृतिकता, समावेशीता र सामाजिक सद्भावको मूल्यमान्यता विपरीत रहेको निष्कर्ष एनआरएनए अस्ट्रेलियाले निकालेको छ। एनआरएनएले यस्ता खाले […]

शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले समितिकै सांसदहरुले आफूलाई समितिमा आउँदा कसैको चाहनामा स्वार्थकेन्द्रित भएर समिति आयो भन्दै अभिव्यक्ति दिएको बताएका हुन्। ‘कसैको निजी इन्ट्रेस्टमा विधेयक […]

पोखराको टुँडिखेलमा तेस्रो ऐतिहासिक तीज महोत्सव ,भदौ ६ बाट १५ गते सम्म

पोखराको टुँडिखेलमा आयोजना हुने तेस्रो ऐतिहासिक तीज महोत्सव यहि भदौ ६ बाट १५ गते सम्म आयोजना हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्रले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज महोत्सव–२०८२’ को तयारी समेत पूरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जनाकारी दिइएको हो । महोत्सवको तयारीका लागि गठित विभिन्न […]