शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गरेका छन्।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले समितिकै सांसदहरुले आफूलाई समितिमा आउँदा कसैको चाहनामा स्वार्थकेन्द्रित भएर समिति आयो भन्दै अभिव्यक्ति दिएको बताएका हुन्।

‘कसैको निजी इन्ट्रेस्टमा विधेयक रोक्न आयो भन्नेसम्मको आरोप यो समितिमा खपेको मान्छे हुँ म । समितिको सदस्यले समितिमा अभिव्यक्त गरेका धारणालाई विधेयक रोक्ने कुनियतको ढंगले साथीहरुले परिभाषित गर्नुभयो । त्यसमा पनि मेरो केही आपत्ति छैन । म उहाँहरुको धारणालाई सम्मान नै गर्दछु,’ उनले भने।

प्रमुख सचेतक घिमिरेले निजी विद्यालयका कारण सार्वजनिक विद्यालय बिग्रिए भन्ने कोणबाट धारणा बनाइएको बताए।

आफू बिग्रिनुको कारण अर्को सप्रिनु नभएको बताउँदै उनले आफ्नो कामजोरी औंल्याएर अघि बढ्न जरुरी रहेको बताए।  —न्युज एजेन्सी नेपाल