म्याग्दीमा जिप भीरबाट खस्यो : एक महिलाको घटनास्थलमै मृत्यु , तीन जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

म्याग्दीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

दरवाङबाट रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो बुधबार दिउँसो दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत मालिका गाउँपालिका-५ ठूलोजाद्रो भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहर्फी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

दुर्घटनामा गाडीका चालक मालिका-५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन्।

दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत ठूलोजाद्रो भन्ने स्थानमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ बर्षिय छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका चालक चन्द्र पुन, यात्रु भविराज फगामीलाई प्राथमिक उपचार केन्द्र दरबाङमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी निरिक्षक सागर पौडेलले बताए ।

जिपमा सवार यात्रु सृजना घर्तीको प्राथमिक उपचार केन्द्र दरबाङमा उपचार भइरहेको छ । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । अबिरल बर्षासँगै ग्रामिण सडकमा यात्रा गर्दा जोखिम हुने भएकाले सर्तकता अपनाउन समेत अनुरोध गरिएको छ ।