भ्रष्टाचार मुद्दामा मेयर थापा दोषी ठहर, ८ वर्ष कैद र १० करोड जरिवाना

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको निर्धारण गरेको छ । २१ साउनमा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो । विशेष अदालतले बिहीबार थापा, पोखरेल र […]

प्रधान सम्पादक सुवेदीलाई ओटेफद्वारा सम्मान

पोखराका क्रियाशील पत्रकार गोविन्द सुवेदी सम्मानित भएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले विहीबार आफ्नो सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन कार्यक्रमको अवसरमा सुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान पत्रले सम्मानित गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष […]

देशभर डेंगुको प्रकोप बढ्दो, एक सातामा १८० नयाँ संक्रमित

नेपालमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशका ७४ जिल्लामा संक्रमण फैलिसकेको छ।गएको पुस महिनायता डेंगुका २ हजार ९५२ संक्रमित पुष्टि भएका छन्। पछिल्लो एक सातामै १८० जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै १० जनामा संक्रमण देखिएको छ।प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेश सबैभन्दा बढी […]

गाजामा इजरायली आक्रमणबाट आठ जनाको मृत्यु

गाजा सहरको जेइत्नस्थित एक घरमा आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको इजरायली अकुपेसन फोर्स (आइओएफ) ले बिहीबार जनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले स्थानीय स्रोतलाई उद्धृत गर्दै इजरायली ड्रोनले प्रहार गरेपछि उद्धार र नागरिक सुरक्षा टोलीले आठ मृत शरीर घटनास्थलबाट लगेको बताएको छ ।गाजाको दक्षिणमा र मध्य गाजा […]

इटालीमा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासीको मृत्यु

इटालीको टापु लाम्पेडुसाको तटमा  बिहीबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा २७ जना आप्रवासी तथा शरणार्थीहरू डुबेको  संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) फिलिपो ग्रान्डीले विज्ञप्तिमार्फत जनाएका छन् ।सामाजिक सञ्जाल एक्समा ग्रान्डीले सन् २०२५ मा मध्य भूमध्यसागरमा  ७०० भन्दा बढी शरणार्थी र आप्रवासीले ज्यान गुमाएको बताएका छन् ।उनले घटनाको पुष्टि गर्दै समुद्रमा उद्धार, सुरक्षित मार्गहरू, ट्रान्जिट देशहरूलाई मद्दत […]

मधेसी नेता देवेन्द्र यादव कांग्रेसमा प्रवेश

मधेसी नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।तर २०७४ को चुनावमा राजपा नेपालले देवेन्द्र यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए । तर उनी पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी मधेस राजनीतिमा निष्क्रिय भएका थिए ।तर २०७४ को चुनावमा राजपा नेपालले देवेन्द्र यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए […]

माओवादीले भन्यो- प्रधानमन्त्रीले सदनमा बोल्दा कामको प्रगति भन्दापनि विपक्षीमाथि कटाक्ष गर्न समय खर्चिए

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्रीले सदनमा बोल्दा कामको प्रगति भन्दापनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन्। उनले भनिन्, ‘बहुविवाहको कानुनलगायतको विषयमा उहाँले झुट अभिव्यक्ति दिनुभयो। सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रस्ट विधेयकमा देखिन्छ। हामीले तथ्य र […]

म्याग्दीमा जिप भीरबाट खस्यो : एक महिलाको घटनास्थलमै मृत्यु , तीन जना घाइते

म्याग्दीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। दरवाङबाट रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो बुधबार दिउँसो दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत मालिका गाउँपालिका-५ ठूलोजाद्रो भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। उक्त बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर […]

३७० खर्ब डलरमा उक्लियो अमेरिकाको राष्ट्रिय कर्जा

अमेरिका सरकारको कूल राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको छ । यसले अमेरिकाको बासलातमा ऋण तीव्र गतिमा बढिरहेको अनि करदाताहरूमाथि दबाब बढिरहेको देखाएको छ ।अमेरिकी अर्थ मन्त्रालयले मंगलबार जारी गरेको एउटा प्रतिवेदनले राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको देखाएको हो ।कोरोना भाइरसको महामारी अघि प्रक्षेपण गरिएको भन्दा छिटै नै राष्ट्रिय कर्जाले यो स्तर पार गरेको […]

झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर कैदी फरार

सुनसरीको झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहान एकजना कैदी फरार भएका छन् । सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाट फरार भएको जेलर सुवासकुमार लामिछानेले बताए । उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएको […]