३७० खर्ब डलरमा उक्लियो अमेरिकाको राष्ट्रिय कर्जा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिका सरकारको कूल राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको छ । यसले अमेरिकाको बासलातमा ऋण तीव्र गतिमा बढिरहेको अनि करदाताहरूमाथि दबाब बढिरहेको देखाएको छ ।अमेरिकी अर्थ मन्त्रालयले मंगलबार जारी गरेको एउटा प्रतिवेदनले राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको देखाएको हो ।कोरोना भाइरसको महामारी अघि प्रक्षेपण गरिएको भन्दा छिटै नै राष्ट्रिय कर्जाले यो स्तर पार गरेको हो । कंग्रेस बजेट अफिसले २०२० को जनवरीमा एउटा प्रक्षेपणमा आर्थिक वर्ष २०३० पछि मात्रै संघीय सरकारको कर्जा ३७० खर्ब डलरमाथि उक्लिने बताएको थियो । २०२० का सुरुमा अमेरिका कोरोना भाइरसको महामारीको चपेटामा परेपछि कर्जाको स्तर ह्वात्तै बढ्यो । कोभिडका कारण अमेरिकी अर्थतन्त्रको अधिकांश हिस्सा ‘सट डाउन’ भएका थिए भने तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र त्यसपछिको जो बाइडेनको प्रशासनअन्तर्गतको संघीय सरकारले राष्ट्रिय अर्थतन्त्रलाई स्थिर पार्न र पुनःबहालीलाई टेवा दिन ठूलो परिमाणमा ऋण लिएका थिए ।