पश्चिममा बढी सक्रिय हुँदैछ मनसुन, कहाँकहाँ हुन्छ भारी वर्षा?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा तराईभन्दा केही दक्षिणतिर र छ। त्यसैले  मनसुन नेपालको पूर्वी भूभागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जानकारी दिएको छ।

बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बिहीबार देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।