कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई मेयर आचार्यको बधाई सन्देश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  — राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्णभएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थीको ग्रेड नभएको (ननग्रेड) देखिएको छ।

यसै सन्दर्भमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “तपाईंहरूको कठिन परिश्रम, समर्पण र धैर्यको फलस्वरूप प्राप्त यो सफलता नयाँ अवसरहरूको ढोका हो। अब यो यात्रालाई व्यक्तिगत प्रगति मात्र नभई समाज र राष्ट्रको योगदानको दिशामा मोड्न आवश्यक छ।”

त्यस्तै, यसपटक सफल हुन नसकेका ३८.८३ प्रतिशत विद्यार्थीहरूलाई लक्षित गर्दै उहाँले निराश नहुन आग्रह गर्नुभएको छ। “थप मिहिनेत, आत्मविश्वास र दृढ संकल्पका साथ अघि बढ्नुस्—अगामी सफलताका लागि अग्रिम शुभकामना,” मेयर आचार्यले भन्नु भयो ।

उहाँले युवाहरूलाई स्वदेशमै अध्ययन, सिर्जनशीलता र उद्यममार्फत योगदान गर्न प्रोत्साहन पनि दिनुभएको छ—
“आउनुहोस्, नेपालमै पढौं, पोखरामै केही गरौं, र समृद्ध नेपाल निर्माणमा हातेमालो गरौं।”