कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई मेयर आचार्यको बधाई सन्देश

पोखरा,  — राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्णभएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थीको ग्रेड नभएको (ननग्रेड) देखिएको छ। यसै सन्दर्भमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “तपाईंहरूको कठिन परिश्रम, समर्पण र धैर्यको फलस्वरूप प्राप्त यो […]

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार साँझ पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गरेलगत्तै उनी काठमाडौं प्रस्थान गरेका छन् । उनले राजीनामापत्र प्रदेश प्रमुखलाई बुझाउने जिम्मा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई दिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वास्थ्य उपचारका लागि काठमाडौं रहेकाले सोमबार मात्र राजीनामा बुझाइने मुख्यमन्त्री लामाले बताए । ‘मैले राजीनामापत्रमा […]

प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद विधेयकमा राष्ट्रपतिको सन्देश जानकारी गराइने

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सङ्घीय संसद्का महासचिवले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक […]