लियो जिल्ला परिषद ३२५ जे, नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लियो जिल्ला परिषद् ३२५ जे, नेपालद्वारा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम गोरखा अस्पतालमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। “सद्भाव सहित सहकार्य” भन्ने मूल नाराका साथ सम्पन्न यस कार्यक्रमले गोरखा अस्पतालमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र सुलभ बनाउने लक्ष्य राखेको छ ।

जिल्ला अध्यक्ष लियो बालकृष्ण परियार ले कार्यक्रमको अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि गोरखा जिल्ला समन्वय समिति प्रमुख श्री मोहन बहादुर थापा रहेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रूपमा लायन्स ईन्टरनेस्नल डिस्ट्रीक ३२५ जे का फस्ट भाइस डिस्ट्रीक गभर्नर लायन्स प्रजापति बास्तोला को उपस्थिति रहेको थियो । उनले लियो क्लबहरूको सेवा भावना र सामाजिक उत्तरदायित्वप्रति उच्च सम्मान व्यक्त गर्दै, लायन्स र लियोबीचको सहकार्यलाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला सह सचिव लियो सुरज मालवुल, रीजन कोअर्डिनेटर (रीजन लिल्ली) लियो सहानशील बराल, रीजन कोअर्डिनेटर (रीजन मनास्लु) लियो मिलन उपरकोटी साथै विभिन्न लियो क्लबका पदाधिकारीहरू, गोरखा नगरपालिका उपप्रमुख मसली माया थोकर, लायन्स क्लबका अन्य पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन विशेष योगदान गर्ने अनिल यादव र सुजन पोखरेलप्रति आयोजक संस्था द्वारा धन्यवाद व्यक्त गरिएको छ।

लियो सहानशील बराल (रिजन कोअर्डिनेटर रिजन लिली) ले भने “सामाजिक उत्तरदायित्व केवल बोल्ने कुरा होइन, कार्यद्वारा देखाउने संस्कार हो। लायन्स र लियो बीचको सहकार्य, विशेषतः स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा, समुदायको विश्वास जित्ने शक्तिशाली माध्यम हो। यस्ता कार्यक्रमहरूले युवालाई समाजप्रति उत्तरदायी बनाउने प्रेरणा दिन्छ।”
त्यसैगरी लियो बालकृष्ण परियार (डिस्ट्रिक प्रेसिडेन्ट) ले भने “हामी लियोहरू केवल सेवा गर्दैनौं, हामी सकारात्मक सोच, नेतृत्व र समर्पण पनि बाँड्छौं। गोरखा अस्पतालमा सम्पन्न यो कार्यक्रम केवल स्वास्थ्य सामग्री हस्तान्तरण होइन, समुदायमा सहयोग र सहकार्यको स्थायी सन्देश हो।”

कार्यक्रम सञ्चालन लियो जिल्ला सचिव लियो सहानशील पौडेलले गरेका थिए