लियो जिल्ला परिषद ३२५ जे, नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

लियो जिल्ला परिषद् ३२५ जे, नेपालद्वारा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम गोरखा अस्पतालमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। “सद्भाव सहित सहकार्य” भन्ने मूल नाराका साथ सम्पन्न यस कार्यक्रमले गोरखा अस्पतालमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र सुलभ बनाउने लक्ष्य राखेको छ । जिल्ला अध्यक्ष लियो बालकृष्ण परियार ले कार्यक्रमको अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि […]
खगराज अधिकारीको अध्यक्षतामा लालुपाते टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन

पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित लालुपाते टोल विकास संस्थाको १८औं साधारण सभा तथा नवौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले खगराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पोखरा ६, लेकसाइड, लालुपाते मार्ग स्ट्रिट नम्बर १७ मा अवस्थित रोज मेरी किचन एण्ड होम्सको सभाहलमा सम्पन्न भएको कार्यक्रम दिउँसो २ बजेदेखि साँझ […]
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) नारायणप्रसाद अधिकारीले बताए । ढुङ्गा-माटोले बनेको टिनको छानो भएको एक तले घरमा […]
सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी […]
सुतिरहेकी श्रीमतीको हत्या, छोराछोरी र प्रहरीलाई आफैं दिए जानकारी

सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ । हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन […]
अमेरिकाको मिसिगनमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते

अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटीमा अवस्थित वालमार्टमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते भएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार घाइतेहरुको मुनसन मेडिकल सेन्टरमा उपचार भइरहेको छ । एक व्यक्तिले स्थानीय समय अनुसार शनिबार साँझ ६ बजे अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । सो घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले चक्कु आक्रमण […]
दुर्गेश-सिसनको गीत ‘जाने भए जाम माया’ लाई १८ दिनमा करोड भ्यूज

दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले २४ घण्टामा युट्युबमा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान रच्यो । तर, यो गीत सबैभन्दा छिटो १ करोड भ्यूज पाउने गीत बन्नबाट बञ्चित भएको छ । आइतबार १८ औं दिनमा यो गीतलाई युट्युबमा १ करोड पटक हेरिएको छ । सबैभन्दा छिटो १ करोड हेरिने नेपाली […]
गलाको सुनको सिक्री लुटपाट गर्ने गिरोह माछापोखरीमा पक्राउ

गलामा लगाएको सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षीय मिलन तामाङ छन् । उनीहरुले माछापोखरीबाट एक महिलाको गलाको सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । यो समूहले शनिबार साँझ […]
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु

गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् । इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्। गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० […]
हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु

उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ठुलो दुर्घटना भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको खबर आएको छ । धेरै जना गम्भीर घाइते भएको बताइएको छ । घटनास्थलमा राहत र उद्धार कार्य भइरहेको छ । दुर्घटनापछि प्रहरी र प्रशासनको टोलीले तुरुन्तै घाइतेहरूलाई अस्पताल लैजान थालेको छ । प्रारम्भिक जानकारीअनुसार उच्च भोल्टेज लाइनको तार […]