दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले २४ घण्टामा युट्युबमा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान रच्यो ।
तर, यो गीत सबैभन्दा छिटो १ करोड भ्यूज पाउने गीत बन्नबाट बञ्चित भएको छ । आइतबार १८ औं दिनमा यो गीतलाई युट्युबमा १ करोड पटक हेरिएको छ ।
सबैभन्दा छिटो १ करोड हेरिने नेपाली गीतको कीर्तिमान प्रकाश सपुतको गीत ‘सकम्बरी’सँग छ जसलाई ७ दिनमै करोड पटक हेरिएको थियो ।
दुर्गेश र सिसनको उक्त गीतले २४ घण्टाको रेकर्डसहित अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीतसहित अस्ट्रेलियाली युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आउने अर्को नेपाली गीतको रेकर्ड राखेको थियो ।
पछिल्लो ब्लकबस्टर गीत ‘दुश्मन हेरेको हेर्यै’ लगत्तै दुर्गेशले ल्याएको पछिल्लो गीत बहुप्रतीक्षित बनेको थियो ।