खगराज अधिकारीको अध्यक्षतामा लालुपाते टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित लालुपाते टोल विकास संस्थाको १८औं साधारण सभा तथा नवौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले खगराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

पोखरा ६, लेकसाइड, लालुपाते मार्ग स्ट्रिट नम्बर १७ मा अवस्थित रोज मेरी किचन एण्ड होम्सको सभाहलमा सम्पन्न भएको कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो । कार्यक्रमको सभापतित्व संस्थाकी निवर्तमान अध्यक्ष जुना अधिकारीले गर्नुभएको थियो ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । यसैगरी, वडा प्रहरी कार्यालय बैदाम ६ का प्रमुख डिएसपी नवराज भट्टराई र सामुदायिक सेवा केन्द्र बैदाम ६ का अध्यक्ष ठाकुरप्रसाद बराल विशेष अतिथिको रुपमा मञ्चासीन हुनुहुन्थ्यो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोविन्दराज पहारी, पूर्व अध्यक्षहरू सूर्यनाथ अधिकारी, चन्द्रनाथ अधिकारी, खिम बहादुर ढकाल, र मिरा अधिकारी अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

अधिवेशनले आगामी कार्यकालका लागि खगराज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा जुना अधिकारी रहनुभएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा विकास पहारी, सचिवमा सुरेश न्यौपाने, कोषाध्यक्षमा प्रकाश पहारी र सहसचिवमा उमा भण्डारी चयन हुनुभएको छ ।

त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा विजया पहारी, लक्ष्मण अधिकारी, माधव लम्साल, भुपाल थापा, दुर्गा पाण्डे र भिस्मराज पौडेल निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिले टोलको विकास र सामाजिक हितमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ ।