पोखरा, साउन १० – कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष सुदिप बिकको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका–२२ का वडा अध्यक्ष हिमलाल बराल रहनुभएको थियो भने विशेष अतिथिका रूपमा वडा सदस्य कृष्णकुमारी देवकोटा रहनुभएको थियो। अतिथि सूचीमा संस्थापक अध्यक्ष राजु क्षेत्री, पूर्व अध्यक्ष तथा सल्लाहकार भिमबहादुर सुनार, टोल अन्तर्गतका विभिन्न क्लब , आमा समूह, सहकारी संस्था,वडा युवा परिषद , विद्यालय व्यवस्थापन समिति तथा अन्य संघसंस्थाका प्रतिनिधिहरू र टोलबासीहरुको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन सचिव राजु बरालले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिनेश बरालले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष हिमलाल बरालले टोल विकास संस्थाले निरन्तर रूपमा उत्कृष्ट कार्य गर्दै आएको बताउँदै, अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनहरू व्यवस्थित र पारदर्शी ढंगले सम्प्रेषण गरिएकोमा प्रशंसा व्यक्त गर्नुभयो। साथै, टोलको भविष्यमा पनि थप विकास कार्यमा सघाउने प्रतिबद्धता जाहेर गर्नुभयो।
कार्यक्रमको समापन गर्दै टोल बिकास सस्थाका अध्यक्ष सुदिप बिकले आगामी कार्यकालका लागि निर्वाचित नयाँ टोल विकास समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
नयाँ कार्यसमिति चयनका लागि गठन गरिएको निर्वाचन मण्डलको संयोजक वडा सदस्य कृष्णकुमारी देवकोटा रहनुभएको थियो भने सदस्यहरूमा बोधराज बराल र भिमबहादुर सुनार रहनुभएको थियो।
सम्पूर्ण टोलबासीको भेलाले सर्वसम्मत रुपमा चयन भएका नयाँ कार्यसमिति सदस्यहरू यस प्रकार छन्:
अध्यक्ष: दिनेश बराल
उपाध्यक्ष: मिन बहादुर बिक
सचिव: यशोदा सुवेदी बराल
कोषाध्यक्ष: शारदा बराल
सदस्यहरू:
सुमित्रा सुनार
बोधराज बराल
ईश्वर थापा
निश्चल देवकोटा
झम्कनाथ देवकोटा