मदन गिरी कास्की,कास्कीको पोखरा महानगरपालिका वडा नं १५ को रातीखहरेमा निर्माण हुने भनिएको व्यवस्थित फुटबल खेलमैदान निर्माण सुरु भएको ७ बर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेकोछैन । करिव १ करोड। ५० लाख रुपैयाको लागतमा निर्माण हुने भनिएको ११ ए साईड खेलमैदान बजेट अभावका कारण अलपत्र परेको छ । सरुवाति चरणमा ५ लाख बिनियाेजन गरि खेल मैदान सम्याउने र ग्याविङ जालि भर्ने काम सम्पन्न भयाे तर खेलमैदान को लागि छुट्याइएको ६० लाख काम गर्न नसकेपछि वडा अध्यक्ष प्रकाश पाैडेल कार्यकालमा फ्रीज भएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन थलोको रुपमा रहेको वडा नं १५ ले वनक्याम्पस को खेलमैदान , र अन्य बिध्यालयको खेलमैदानमा खेल आयोजना गरिरहेको छ । जनसंख्या बढे संगै बजार नजिक सार्वजनिक जग्गा समेत बाँकी नरहे पछि वडा नं १५ ले रातिखहरेमा मैदान बनाउन लागि परेको थियो ।
रातीखहरेको खेलमैदान निर्माण संगै यो मैदान धेरै सम्भावना बोकेको खेल मैदानको रुपमा विकसित हुने विस्वास लिईएकाे थियाे । पोखरा रंगशालावाट नजिक पनि हुने आवत जावतमा हुनै ट्राफिकको समस्या समेत नहुने हुदा खेलमैदान कास्की कै प्राकितिक सुन्दरताले भरिएको र सम्भावना बोकेको मैदान हुने भनिएकाे थियाे तर अहिले सम्मपनि खेलमैदान कहिले सम्पन्न हुन्छ टुङ्गो छैन । वडा नं १५ मा आयोजना हुने खेलहरु आयोजना गर्न निकै समस्या हुने गरेको त्यतिवेला वडा सदस्य रहेका ताेरण ब बानियाले बताएका थिए । “वडा नं १५ स्तरिय खेल कार्यक्रमहरु आयोजना गर्नु पर्यो भने कुनै निजी विद्यालयको खेल मैदान माग्नु पर्ने वाध्यता छ।कम्तिमा पनि यो मैदान निर्माण गर्न सक्यौं भने यो वडा नं १५ को मात्रै नभएर सबैको साझा मैदान हुनेछ, खेलाडी उत्पादनमा समेत सहजता हुनेछ ।” बजार भन्दा धेरै टाढा पनि नभएकोले मैदान पुग्न सबैलाई सहज समेत रहेको बानियाँले बताएपनि अहिले वडा अध्यक्ष हुदा पनि रातिखहरे खेलमैदान को कामले गति लिन सकेकाे छैन ।