रुपन्देहीको भैरहवामा अत्यधिक गर्मी बढेपछि सिद्धार्थ नगरपालिकाले विद्यालयहरू बन्द गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बढ्दो गर्मीका कारण विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर पर्ने भन्दै तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेका हुन्।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका संस्थागत, सामुदायिक एवं धार्मिक विद्यालयहरू आइतबार साउन ११ गतेदेखि १३ गते मंगलबारसम्म बन्द गर्न आग्रह गरेको छ । उक्त दिन कुनै पनि कक्षाको भइरहेको परीक्षा र राष्ट्रियस्तरका परीक्षा सञ्चालन गर्न भने बाधा नहुने जनाएको छ ।
भैरहवाको तापक्रम आज ३९ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
