‘तीनकुने घटनामा चारवटा झुटा मुद्दा लगाइयो, संसदीय छानबिन समिति गठन गरौँ’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरूमाथि झुटा मुद्दा लगाएको टिप्पणी गरेका हुन् ।

उनले भन्नुभयो, ‘हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोही र संगठित अपराधसहित चारवटा झुटा मुद्दा लगाइएको छ । मलाई विश्वास छ कि यो मुलुकको गरिमामय न्यायालयले दुधको दुध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ । म संसद्मार्फत माग गर्न चाहन्छु तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरौँ । यस्तो घटनाको पनि छानबिन गर्दैनौँ भने हामी के को छानबिन गर्ने ? र दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिलोस् ।

उनले राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्ताहरूलाई रिहा गर्न समेत माग गरे ।