पोखरा, असार। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले फेवातालको खपौंदी क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ। शनिबार, साउन १० गते बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ।
पोखरा महानगर कमिटीले सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ। फेवातालको स्वच्छता कायम राख्ने र वातावरणीय संरक्षणमा जनसहभागिता जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कमिटीका उप-सचिव विकास पहारीले जानकारी दिनुभयो।
विगतमा पनि विभिन्न सरकारी तथा गैर-सरकारी निकायहरूले फेवातालको खपौंदी क्षेत्रमा सरसफाइ कार्यक्रमहरू आयोजना गर्दै आएका छन्।जलकुम्भी झार तथा अन्य फोहोरले तालको सौन्दर्यमा असर पार्ने हुँदा यस्ता अभियानहरूले तालको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि उप-सचिव विकास पहारीलाई ९८४६०२९८२५ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।