सिन्धुलीको दुधौली नगरपालिका–२ को मधुगंगा महादेव मन्दिरमा हत्या भएका व्यक्तिको पहिचान भएको छ ।
मधुगंगा महादेव मन्दिर दर्शनका लागि आएका भारतको सितामडी भवदेपुर–११ का पंकज कुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकका दाजु रंजित भगतले सिन्धुली अस्पतालमा पुगेर सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।
मधुगंगा महादेव दर्शनका लागि आएका आएका तीर्थयात्रीको समूहबीच विवाद हुँदा सोमबार धारिलो हतियार प्रयोग गरी पंकजको हत्या गरिएको थियो । घटनास्थल दुधौली–२ मधुगंगा महादेव मन्दिर क्षेत्र लामिडाडाबाट प्रहरीले चुप्पी र खुर्पा समेत बमरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चुप्पी र खुर्पा प्रहार गर्नेपनि भारतीयहरू नै हुनसक्ने आंकलन छ । उनीहरूको खोजीकार्य भइरहेको छ ।