पोखरा साउन ५/ पोखरामा कोरोना भाइरस संक्रमित एक वृद्धा महिलाको मृत्यु भएको छ । चरक अस्पतालमा उपचाररत ७४ वर्षीय वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए। कोरोनाले नै मृत्यु भएको भनेर ठ्याक्कै कारण त्यही नहुन सक्छ । तर उहाँ कोरोना पोजिटिभ हो,’ उनले भने ।
ती वृद्धामा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।पोखरा–११ फूलबारी बस्ने ती वृद्धामा गत असार २५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार, हाल प्रदेशभर आठजना संक्रमित उपचाररत छन् । तीमध्ये कास्कीमा पाँचजना छन् । बागलुङमा दुई र स्याङ्जामा एकजना छन् ।