अब विद्युत् खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्य : ऊर्जामन्त्री

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गरेका छन् । पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० के.भी. प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले ऊर्जा विकास मार्गचित्रअनुसारको लक्ष्य […]

कांग्रेस प्रदेश समितिद्वारा नेता कृष्ण केसी लगायतको कारबाही बिनासर्त फुकुवा गर्न माग, ‘निर्णय नसच्याए ठूलो क्षति हुन्छ’

पोखरा, ५ साउन । स्वाभिमानि इमान्दार, कर्तव्यनिष्ठ र विकासप्रेमी नेताको रुपमा जनतामा आफ्नो पहिचान बनाएका नेपाली कांग्रेसका नेता कृष्ण केसी लगायत नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरिरहेका छन् । कांग्रेस अनुशासन आयोगले गरेको कारबाही विरुद्ध कांग्रेसका उच्च नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले कारबाही अनुपयुक्त, विरोधाभास, व्यक्ति केन्द्रीत र राजनीतिक […]

‘अब जे गर्छौं सहमतिबाटै गर्छौं’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीबीच सहमतिबाटै समस्या समाधान गर्ने समझदारी बनेको छ । कपार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको वान टु वान वार्ताका क्रममा दुई नेताहरुबीच एकले अर्कोलाई विभाजित गरेर नभइ सहमति र समझदारी बनाएर अघि बढ्ने निष्कर्ष निस्केको हो । छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार […]

कृषिमन्त्री अधिकारीको एक वर्ष : मलको अनुदान कटाएर दुध किसानलाई भुक्तानी, कृषि बीमामा सुधार

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै अधिकारीले आफूले गरेका नीतिगत, बजेट तथा कार्यक्रम कार्यान्वयन, संस्थागत सुधार, साझेदारी लगायत विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका हुन् । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदनमा मन्त्री अधिकारीले रासायनिक […]

कस्तो रह्यो कृषिमन्त्री अधिकारीको एक वर्षे कार्यकाल ?

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी किसानलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख […]

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा साउन ५/ पोखरामा कोरोना भाइरस संक्रमित एक वृद्धा महिलाको मृत्यु भएको छ । चरक अस्पतालमा उपचाररत ७४ वर्षीय वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए। कोरोनाले नै मृत्यु भएको भनेर ठ्याक्कै कारण त्यही नहुन सक्छ । तर उहाँ कोरोना पोजिटिभ हो,’ उनले भने । ती वृद्धामा मधुमेह र उच्च […]