पोखरा असार २९ ,नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स आइक्यास को मुख्य प्रायोजनमा सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन ६’ को उपाधि प्रतिभा सेकेण्डरी स्कुलले जितेको छ।
नृत्यतर्फ प्रतिभा सेकेण्डरी स्कुलकी छात्रा गृष्मा गौतम ‘गण्डकी स्टार’ को उपाधिमा विजयी घोषित भइन् । गायनतर्फ सौगात सुनारले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरे। नृत्यतर्फका फस्र्ट रनरअप प्रसिद्धि सुबेदी,सेकेन्ड रनरअप रेश्मा विक, थर्ड रनरअप एनि कार्की, मोस्ट पपुलर च्वाइस, गरिमा भट्ट गायनतर्फका फस्र्ट रनरअप सोनम गुरुङ, सेकेन्ड रनरअप ज्योती खड्का, थर्ड रनरअप केशव पुन, फोर्थ रनरअप सन्जय पुन रहेका छन् ।
प्रतियोगितामा प्रमुख अतिथिका रूपमा उपस्थित गण्डकी प्रदेश सभा सदस्य माननिय श्याम राजा महतले प्रतिभा विकास, कला प्रवद्र्धन तथा सांस्कृतिक चेतनाका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। उनले नव प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सबैले सघाउनु पर्ने धारणा व्यक्त गरे।
विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय लक्ष्मण बहादुर पाण्डे र विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य बहादुर बिखर्चिले विजयी प्रतिभाहरूलाई बधाई दिंदै यस्ता कार्यक्रमको महत्वको चर्चा गरे। कार्यक्रममा आइक्यास पोखराका प्रर्वन्ध निर्देशक समिर थापाले मोफोसलकै उतकृष्ट कार्यक्रम गण्डकी स्टार भएको बताउदै यस्ता कार्यक्रमहरु समाजमा निरन्तर रुपमा हुनु पर्ने बताए ।
प्रतियोगिताको निष्पक्ष मूल्याङ्कन गर्न सशक्त निर्णायक मण्डलको सहभागिता रहेको थियो । डा। दिपामाला श्रेष्ठ गुरुङ सह(प्राध्यापक, पोखरा विश्वविद्यालय धर्मेन्द्र पौडेल अध्यक्ष, गण्डकी नृत्य संघ पूजा ठाकुर नृत्य प्रशिक्षक रमेश श्रेष्ठ संगीतकार तथा गीतकार करणन तामाङ संगीतकर्मी आरजु बिष्ट सल्यानी पत्रकार तथा गीतकार झलक गुरुङ कलाप्रेमी थिए ।
कार्यक्रमका निर्देशक देवेन्द्र शाहीले प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि डान्स गण्डकी डान्स,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।