नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ।
सचिवालय बैठकले स्थायी कमिटी सदस्य झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो।
पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण दिन ७ दिनको समय दिएको हो। पार्टी उपाध्यक्षसमेत रहनुभएका ज्वालाले अबदेखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङतीलाई भ्रमछर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित ७ दिनभित्र पार्टीमा लिखित आत्मआलोचना गर्नेगरी निर्देशन दिने निर्णय भएको बताउनु भयो।