प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्।

प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्।

कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए।

उक्त पुल नेपाली सेनाले निर्माण गरेको हो। चुवाखोलामा बेली ब्रिज निर्माण भएसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ।