गएराती लेखनाथको भण्डारढिकमा बसले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।कास्कीको पोखरा महानगरपालिका– २९ भण्डारढिकस्थित सडकमा ग. १ प. १९९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको बुधवार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको साबिक पश्चिम क्षेत्रीय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनापश्चात आबश्यक अनुसन्धानका लागि बस चालकलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ छ ।
प्रतिक्रिया