त्रिविमा तालाबन्दी खुलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को तालाबन्दी तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । गत जेठ ३० गतेदेखि आंशिक प्राध्यापकले लगाएको ताला तत्काल खोल्न सवोच्चले आदेश दिएको हो । ६ सुत्रीय माग राखेर आंशिक प्राध्यापकहरुले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लगाएका छन् । त्रिविले अनुसन्धानत्मक विशिष्टको आधारमा (फास्ट ट्र्याक) सय जना शिक्षकको विज्ञापन खुलाएकोमा […]

लेखनाथको भण्डारढिकमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

गएराती लेखनाथको भण्डारढिकमा बसले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।कास्कीको पोखरा महानगरपालिका– २९ भण्डारढिकस्थित सडकमा ग. १ प. १९९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको बुधवार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको साबिक पश्चिम क्षेत्रीय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको […]

कतै तपाईको बच्चाले एआईबाट होमवर्क सारिरहेको त छैन ? यसरी पत्ता लगाउनुहोस्

आजकल अधिकांश मानिसहरूले विभिन्न काम तथा जानकारीका लागि आर्टिफिसियल इन्टेलिजेन्स टूलहरुको प्रयोग गरिरहेका हुन्छन्। युवायुवतीदेखि वृद्धवृद्धा मात्र होइन बालबालिकामा पनि एआइ प्लाटफर्महरुको प्रयोग बढिरहेको छ। वास्तवमा कार्यालयको काममा सहायता लिनेदेखि लिएर फोटो वा भिडियो बनाउने काममा समेत एआई निकै उपयोगी बनिरहेको छ । यहाँसम्म कि केही बच्चाहरूले त विद्यालयको गृहकार्य गर्न समेत एआईकै प्रयोग गर्न […]

प्रहरीको नाममा डकैती, थप एक जना पक्राउ

प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  विराटनगर महानगरपालिका वडा-११ बस्ने २५ वर्षीय कुशल पाण्डे रहेका छन् । पाण्डेविरुद्ध यसअघि इलाका प्रहरी कार्यालय रानी मोरङबाट मन्जु तामाङको ज्यानमार्ने उद्योग मुद्दामा मुद्दा दर्ता रहेको, तथा अभद्र व्यवहार मुद्दामा समेत संलग्न रहेको अभिलेखबाट देखिएको […]

मध्यरातमा संवैधानिक इजलासले ५२ पदाधिकारी नियुक्तिबारे दिएका तीनथरी राय

बुधबार मध्यरातमा सर्वोच्च अदालतमा संवैधानिक इजलासको बैठक बस्यो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक पदहरूमा ५२ जनालाई नियुक्ति गरेपछि परेको मुद्दा छिनोफानो गर्न संवैधानिक इजलास बसेको थियो। हरेक बुधबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने गर्छ। तर यसपालिको इजलासले गर्ने फैसलामा राजनीतिक व्यक्तित्व, संवैधानिक निकायका पदाधिकारी, वकिल, सर्वसाधरण लगायतको चासो थियो। यो फैसला आउने […]

५ करोड ४० लाखको शंकास्पद चेक लेनदेन विषयमा सांसद मेटमणि चौधरी र ठेकेदारले गरे सहमति

पाँच करोड ४० लाख रुपैयाँको लेनदेनमा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरी र निर्माण व्यवसायी ठेकेदार धात बुढामगरले प्रहरीमा पुगेर सहमति गरेका छन्। एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरी र ठेकेदार बुढामगर मंगलबार (असार १७) साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर सहमति गरेको एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए। सहमतिमा भने उनीहरूले ‘कुनै पनि लेनदेन नभएको’ […]

मलाई स्पष्टीकरण सोधिएको छैन, भ्रम छरेको बारे स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण […]

कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलोपटक भित्रियो हेलिकप्टर

तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए । उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको […]

एसियन कप पुगेर इतिहास रच्न नेपाल एक जित टाढा

नेपाली महिला फुटबल टोली अर्को इतिहास नजिक छ। एएफसी वुमन्स कपमा पहिलो पटक पुग्नका लागि नेपाली महिला टोली अब एक जितमात्र टाढा छ। तर त्यो एक जित नेपालका लागि सहज भने छैन। किनकी यसअघि दर्जन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि भने जित्न नसकेको खराब इतिहास पनि नेपालसामू छ। उज्वेकिस्तानमा भइरहेको एएफसी वुम्नस एसिया कप […]

भाँचिएको ६ महिनामा विनयी खोलामा नयाँ पुल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिनामा नयाँ पुल बनेको छ । २०८१  पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो । उक्त पुल बाँचिएपछि विनयी खोलाको नयाँ डाइभर्सनबाट सवारी सञ्चालन भइरहेका थिए ।  तर अब भने पुल निर्माण भएको […]